कात्तिक १६, २०७९ बुधबार

फोटो फिचर

Image Not Found

डोल्पाको डोल्पोबुद्घ गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेक हिउँले सेताम्य । यही लेक पार गरेर तिन्जे र मरिम्ला जाने/आउने गरिन्छ । तस्वीर : हेमन्त केसी/रासस

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ स्थित पर्यटकीय गन्तव्य बेलढुङ्गाबाट देखिएको अन्नपूर्ण हिमाल । बेलढुङ्गाबाट अन्नपूर्ण, धौलागिरी सहित एक दर्जन हिमऋङ्खला देख्न सकिन्छ । तस्वीर : खेमराज गौतम/रासस

म्याग्दीको बेनी नगरपालिका–६ नेप्टेचौरबाट देखिएको धौलागिरि हिमाल । तस्वीर : ध्रुवसागर शर्मा/रासस

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा अवस्थित सनराइज भ्यू प्वाइन्टबाट देखिएको कुम्भकर्ण हिमाल । यो विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल हो । तस्वीर : दिलकुमार लिम्बू/रासस

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट देखिएको माछापुच्छ्रे हिमाल । यतिबेला पोखराको मौसम खुलेको छ । हिमशृङ्खला निकै आकर्षक देखिएका छन् । तस्वीर : जमुनावर्षा शर्मा/रासस