'टेकअफ'का रूपमा चर्चित हलिउड र्यापर किर्शनिक खारी बल मारिएका छन् । मंगलबार दिउँसो २८ वर्षे टेकअफको गोली हानी हत्या भएको बीबीसीले लेखेको छ ।
रिपोर्टअनुसार, ह्यूस्टनमा उनी बलिङ (डाइस) खेलिरहेका थिए । उनका साथमा साथी कुआवो र अफसेट पनि थिए । यही बेला कसैसँग उनको विवाद भएको थियो । केहीबेरमै कसैले उनलाई गोली हान्यो । टेकअफको घटनास्थलमै मृत्यु भएको थियो । जानकारीअनुसार जुन समय घटना भयो, त्यो बेला घटनास्थलमा करिब ४०-५० जना थिए । यो घटनाको एक फुटेज बाहिर आएको छ, जसमा टेकअफका साथी कुआवोलाई देख्न सकिन्छ । र, केही मानिस टेकअफलाई घेरेर उभिएका थिए । घटनापछि कुआवो मद्दतका लागि गुहार पनि लगाइरहेका देखिन्छन् ।
गोली लागेका दुई जना अहिले खतरामुक्त छन् । उनीहरू अस्पतालमा उपचाररत छन् ।
टेकफ मिगोसका तेस्रो नम्बरका र्यापर थिए । टेकअफको वास्तविक नाम किर्शनिक खारी बल हो । उनको जन्म सन् १९९४ मा जर्जियामा भएको थियो । उनका दुई साथी कुआवो र अफसेटले पनि टेकअफसँगै र्यापिङ थालेका थिए । टेकअफले आफ्ना कैयौँ एल्बम रिलिज गरे, ती सबै हिट भए ।
सोशल मीडियामा प्रशंसकहरू उनको निधनमा शोक प्रकट गरिरहेका छन् ।