कात्तिक १६, २०७९ बुधबार

काठमाडौँ । पर्यटन प्रवर्धनका लागि थाहा फोटो प्रदर्शनी – २०७९ हुने भएको छ । मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको पर्यटन प्रवर्धनका लागि थाहा फोटो प्रदर्शनी – २०७९ बसन्तपुर डबलीमा आयोजना हुने भएको हो ।

कार्यक्रमले समग्र उत्तरी मकवानपुरमा अवस्थित थाहा (इन्द्रसरोवर भेगको पहिचान अझ गहिरो बनाउने र पर्यटन प्रवर्धनमा विशेष टेवा पुग्ने) थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्ट बताउँछन् । साथै विष्टले हरेक ठाउँमा लुकेर बसेका र उचित प्रचारप्रसारबाट बञ्चित पर्यटकीय गन्तव्यहरूलाई फोटो प्रदर्शनी जस्ता कार्यक्रमहरूबाट सबैमाझ पुर्याउने  र आफ्नो गाउँठाउँ चिनाउने कार्यक्रमलाई साथ दिई कार्यक्रम अवलोकनका लागि विशेष आग्रह गरे ।