अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस्तैमा पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रानी शाक्य र सुरेश लामाको स्वर छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
पूजा र पुष्प यो गीतको भिडियोमा रोमान्टिक देखिएका छन् । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा दुई कलाकारको रोमान्स र डान्सलाई बढी प्राथमिकता दिएका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालले सम्पादन छ ।