कीर्तिपुर । विथ लोकल नेपाल र कुटुम्ब ब्याण्डको आयोजनामा सीमसार म्युजिक फेस्टिबल हुनेभएको छ । कीर्तिपुरको सीम क्षेत्रमा पहिलो पटक म्युजिक फेस्टिबल हुन लागेको हो ।
सीम क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि फेस्टिबलको आयोजना गर्न लागिएको आयोजक ‘विथ लोकल नेपालका सुदीप महर्जनले बताउनुभयो । फेस्टिबल कात्तिक २६ गते हुँदैछ ।
कीर्तिपुर नगरपालिका-४ मा हुने फेस्टिबलको टिकट व्यवस्था पनि गरिएको छ । फेस्टिबलमा कुटुम्ब ब्याण्ड, कान्ता दबदबलगायतको प्रस्तुति रहने आयोजकले बताएको छ ।