पछिल्लो समय बलिउडमा अत्यधिक रुचाइएको जोडी मध्ये एक हो दीपिका पादुकोण र रणवीर सिंहको जोडी ।
उनीहरूको सुमधुर सम्बन्धको बलिउडमा प्रायस्जसो चर्चा भइरहने गरेको छ ।
दीपिका र रणवीर आआफ्नो काममा व्यस्त भइरहेको मिडियालाई सुनाइरहेका हुन्छन् ।
यसैबीद्ब उनीहरूले सँगै हुँदाको एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
रणवीरले आफ्नो इन्स्टाग्राम स्टोरीमा भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियोमा दीपिकाले एक निजी याटमा यात्रा गर्दा आफ्नो फैलिएको खुट्टामा मायाले हिर्काएको देखिन्छ ।
डुङ्गामा यात्राको मजा लिँदा दुवैजना खुशी देखिन्छन् ।
भिडियो उनीहरू विदेशमा बिदा मनाउन गएको बेलाको जस्तो देखिन्छ ।
उनीहरूले कपल ड्रेस लगाएका छन् ।
इन्स्टाग्राम स्टोरीमा भिडियो शेयर गर्दै रणवीरले दीपिकाका लागि ह्यासट्याग क्युटी लेखेका छन् ।
उनले भिडियोमा 'गुड भाइब्स' ट्याग पनि थपेका छन् ।