कात्तिक १८, २०७९ शुक्रबार

हरिबोधिनी एकादशीको अवसरमा आज लमजुङको सुन्दरबजार नगरपालिकाले नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । सुन्दरबजार नगरपालिका–७ पाउँदीस्थित कर्मदा नदीको शिवजी मन्दिरमा एकादशी मेला लाग्ने गर्दछ ।