कात्तिक १८, २०७९ शुक्रबार

आजबाट देशभर फिल्म ‘लाखे’ प्रदर्शनमा आएको छ ।  आजैबाट रिलिज हुने भनिएको फिलम ‘मिलन’ले केही साताका लागि रिलिज मिति सारेको कारण ‘लाखे’ ले सिंगल प्रदर्शन अवसर पाएको हो ।

यद्यपी देशभरको फिल्म हल ‘लाखे’ एक्लैले पाएको छैन । किनभने अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ ले पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो साता पनि धेरै हल ओगट्न सफल भएको छ । 


सम्राट् बस्नेतको निर्देशन रहेको ‘लाखे’ सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारी लगायतको अभिनय रहेको फिल्म हो ।