कात्तिक १८, २०७९ शुक्रबार

पाल्पाको अनौठो धार्मिक मेला आजदेखि सुरु भएको छ । विगतमा ३ दिन लाग्ने मेला यो वर्ष राम्रो जोग परेकोले ५ दिन लाग्ने छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिंगो लिएर आवाज निकाल्ने गरिी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिक्रमा गरी परिषरको पोखरीमा लिंगो गाडेर पूजा गर्ने चलन छ । प्रायः रातिमा चिच्याएर वर माग्ने गरिए पनि अचेल दिउँसोमा पनि वर माग्ने गरिन्छ ।