रियल जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ पुस १५ बाट रिलिज हुने भएको छ । निर्माण युनिटले शुक्रवार फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेका हुन् । फिल्म अब आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ र अभिनेत्री ऋचा शर्माको ‘कौसीद’ सँग भिड्नेछ ।