कात्तिक १८, २०७९ शुक्रबार

नेपाल नर्सिङ परिषद्ले नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आवेदन माग गरेको छ । परिषद्ले आगामी मंसिर २४ गते परीक्षा सञ्चालन गर्ने भएको छ । परिषद्ले सूचना जारी गरी नाम दर्ता परीक्षाका लागि आवेदन माग गरेको हो । 


कार्तिक १८ गतेबाट मंसिर १२ गतेसम्म फारम बुझाउन सकिने सकिन्छ । यस्तै, १३ गतेदेखि १६ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षाका लागि आवेदन फारम बुझाउन सकिने परिषद्ले जनाएको छ । परीक्षामा सामेल हुने परीक्षार्थीले प्रवीणता प्रमाणपत्र तह नर्सिङ, बीएस्सी नर्सिङ हुनुपर्ने, मिडवाइफरीमा स्नातक गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।