कात्तिक १९, २०७९ शनिबार

हाल देशमा रहेको पश्चिमी वायुको सामान्य प्रभावले  देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज  दिउँसो प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ । 

आइतबार देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।