बेलायतमा लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदै छ । कोभिड महामारीका कारण रोकिएको तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ ।
आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठका अनुसार मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने छन् । उनका अनुसार यही आइतबारदेखि प्रतियोगीहरूको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्नेछ ।
प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएको छ । विवाहित महिलाहरुको बाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रूपमा गर्न लागिएको जनाउँदै मनिषाले महिला सशक्तीकरणमा जोड दिने बताइन् ।