कात्तिक २१, २०७९ सोमबार

धुलिखेल जिपलाइनमा यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिकका लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा जिपलाइनले अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लागू गर्ने निर्णय गरेको छ । यस्तो निर्णयसँगै अब विदेशी पर्यटकले पनि आन्तरिक पर्यटकसरहकै शुल्कमा जिपलाइनको मजा mिन पाउने भएका हुन् । 

यसअघि साधारण जिपलाइनको नेपालीका लागि २५ सय, सार्क देशका नागरिकका लागि ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर राखिएको थियो । यस्तै सुपरम्यान जिपलाइनको नेपालीका लागि ३ हजार ५ सय रूपैयाँ, सार्क देशका नागरिकका लागि ४० डलर र अन्य देशका नागरिक ३५ डलर थियो । 


यसैगरी टेन्डम (जोडी) जिपलाइनका लागि नेपालीलाई ४ हजार ५ सय रूपैयाँ, सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिक ६० डलर तोकिएको थियो । अब भने सबैखाले विदेशी पर्यटकहरूका लागि पनि नेपाली सरह मात्र शुल्क लागू हुनेछ । कम्पनीको यो निर्णयसँगै अब सबै देशका नागरिकले क्लासिक २५ सय, सुपरम्यान ३५ सय र टेन्डम जीपलाइन ४ हजार ५ सयमा खेल्न पाउने भएका छन् ।