काठमाडौँ । नेपाली चलचित्र ‘लाखे’ को टिमले सोमबार काठमाडौंको गोंगबुस्थित बिजी मलअगाडि लाखे नाच प्रस्तुत गरेको छ । कार्यक्रममा अभिनेता सौगात मल्ल, प्रशान्त ताम्राकार, आर्यन अधिकारी लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो ।
चलचित्रको प्रचारका लागि चलचित्र निर्माण टिमले मुखुण्डो लगाएर चलचित्रको प्रचार गरेको हो ।