कात्तिक २२, २०७९ मंगलबार

कार्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरिएको महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामाचखेवा सम्पन्न भएको छ । पर्व परम्पराअनुसार पूर्णिमा तिथिको रात पारेर हिजो सोमबार राति मिथिलानीले समापन गरेका हुन् । तिथिको भोगले आज दिनभरि पूर्णिमा रहे पनि रात्रि भोगअनुसार हिजै राति सामा सम्पन्न गरिएको हो ।