कात्तिक २२, २०७९ मंगलबार

चालू आर्थिक वर्षमा अनुसन्धान र नवप्रवर्तनका लागि गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड दिने भएको छ । चालू वर्षको बजेटमै उक्त रकम विनियोजन गरिएको थियो ।

त्यसका लागि सरकारले छुट्टै कार्यविधि तयार गरेको छ । उक्त कार्यविधिसमेत गण्डकी सरकारले केन्द्रलाई हस्तान्तरण गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री माननीय मेखलाल श्रेष्ठले कार्यविधि हस्तान्तरण गरेका हुन् ।

केन्द्रले गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयसँग मिलेर विभिन्न दीर्घकालीन महत्त्वका काममा उक्त बजेट लगानी गर्ने छ ।