काठमाडौं । ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतमार्फत चर्चामा आउनुभएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उहाँले गायिका समीक्षा अधिकारीसँग मिलेर गाउनुभएको हो ।
श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयं कृष्ण विकको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता र अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा गायक कृष्णले अनु आचार्यसँग अभिनय गर्नुभएको छ । सन्तु तामाङको मेकअप, सरस्वती श्रेष्ठको हेयर, बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रंग संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, सञ्जय लामाको छायांकन, बनिश शाहको सम्पादन रहेको गीतको भिडियोमा जिबी आग्रीको निर्देशन छ । भिडियो नेपाल नामक युट्युब च्यानलमा उपलब्ध छ । कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्कालगायतको उपस्थिति थियो ।