कात्तिक २२, २०७९ मंगलबार

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्ने तयारी गरेका छन् । आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै आचार्यलाई बर्खास्त गर्न लागेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेको आरोप छ ।