कात्तिक २२, २०७९ मंगलबार

आगामी मङ्सिरमा सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको समन्वयमा मङ्सिर २६, २७ र २८ गते सम्मेलन आयोजना गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिए ।


विश्वविद्यालयले भाषा, साहित्य अनुसन्धान केन्द्र स्थापना गरी ९ वटै जिल्लाका लोककथा सङ्कलनसमेत गरिरहेको छ ।