कात्तिक २२, २०७९ मंगलबार

आफ्नो वैवाहिक सम्बन्ध कहिल्यै नटुटोस् भनेर एक महिलाले निकै अचम्मको परीक्षण गरेकी छिन् । उनले आफ्ना सबै पूर्वप्रेमीलाई भेटेर आफ्ना कमी कमजोरीबारे पत्ता लगाउने प्रयत्न गरिन् । ती महिलाका ५ पूर्व प्रेमी थिए, उनले ती सबैलाई भेटिन् । अब उनले ४२ वर्षका एक संगीतकर्मीसँग विवाह गर्ने योजना बनाएकी छिन् ।

३३ वर्षकी एमी अब पुरानो गल्ती दोहोराउन चाहन्निन् । त्यसैले विवाहअघि उनले आफ्ना ५ पूर्वप्रेमीको खोजी गरिन् । पूर्वप्रेमीलाई आफ्ना गल्तीबारे सोध्दा उनको विवाह सफल हुने सम्भावना बढ्छ होला भन्ने उनलाई लाग्यो । एमीले एक एक गरी आफ्ना पूर्व प्रेमीहरुलाई भेटिन् र उनीहरुबाट धेरै कुरा थाहा पाएको पनि बताइन् ।​