काठमाडौं: नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल–हंगेरी सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ।
अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। वरिष्ठ चलचित्रकर्मी तथा नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा तथा हंगेरी कन्सुलर जनरल तथा उधोगपति अरुण कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा विशेष अतिथिहरू हंगेरी राजदुताबास बाट मरियन यार्दो, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, समाजसेवी लायन महेन्द्र पौडेल, समाजसेवी अर्जुन खड्का, गीतकार चलचित्र निर्माता अनु शाह, कलाकार देबी थापा ओली, नेपाल हंगेरी चेम्बर अफ कमर्सका उपाध्यक्ष टंक नाथ पौडेल, महासचिव शान्त कुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र कुमार बिसुराल, सदस्यहरू चेत बहादुर सिंह, सुमन महर्जन, अम्बर बहादुर रायमाझी, काजि बहादुर श्रेष्ठ, दुर्गा बिसुराल, प्रतिक्षा पोखरेल, संदिपा थापा, नरेन्द्र कुमार मूल र सुरेश डंगोल लगायत अन्य बिशिष्ठ व्यक्तित्व, पत्रकार तथा दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो।
मौलिक कला संस्कृति आदानप्रदान कार्यक्रमले गर्दा दुई देशीय अन्तर सम्बन्धलाई प्रगाढ बनाउने बताएका थिए। नेपालमा संस्कृतिक कार्यक्रम गर्न पाउँदा हंगेरियन कलाकारहरुले खुशी ब्यक्त समेत गरेका थिए।
लगातार १ घण्टा लामो प्रस्तुति दिएका हंगेरियन कलाकारहरुले उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए। उक्त कार्यक्रममा नेपालका कलाकारहरुले नेवारी तथा गुरुङ नृत्य प्रस्तुत गरेका थिए।
दुई देशबीच यस्तै मौलिक कला संस्कृतिलाई प्रोत्साहन गर्दै अघि बढ्ने तथा दुई देश बीचको व्यापार प्रबर्द्धनलाई अझ सुदृढ बनाउने र पर्यटनलाई समेत टेवा पुग्ने कुरा नेपाल हंगेरी चेम्बर अफ कमर्सका महासचिव शान्त कुमार श्रेष्ठले बताएका थिए।