कात्तिक २३, २०७९ बुधबार

राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते लिइएको कक्षा १२ को ग्रेड बृद्धि (पूरक परीक्षा) को नतिजा चुनावअघि नै सार्वजनिक गर्नेगरी तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले मंसिर ४ को चुनावअघि नै नतिजा प्रकाशन गर्नेगरि तयारी भइरहेको बताए।