कात्तिक २४, २०७९ बिहिबार

काठमाडौँ । आज बिहीबार १ दिन प्रदेश १ मा सार्वजनिक बिदा दिने निर्णय भएको छ । प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा सार्वजनिक बिदा दिइएको हो ।

मन्त्री थापाको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरौलाले बताए ।

उनका अनुसार आज राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको छ। उनी कांग्रेसका प्रदेश सभाका उम्मेदवार पनि थिए ।