कात्तिक २४, २०७९ बिहिबार

प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ । गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय  देख्न सकिन्छ ।

डीपी खनालको शब्द, नवीन कार्कीको संगीत रहेको गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ । जसको निर्देशन विक्रम चौहानले गरेका हुन् । गीतले दर्शक श्रोताको मन जित्ने विश्वास निर्माता सुवास पुरीको छ । पुरीले यस अगाडि ‘बजाई देउ’, ‘कुरा काट्ने मान्छेले काटुन्’ लगायतको गीतले चर्चा पाएको थियो ।