कात्तिक २४, २०७९ बिहिबार

लन्डनस्थित नेपाली दूतावासले मंगलबार साँझ  ‘नेपाल इभिनिंग प्रोग्राम’ को आयोजना गरेको छ । नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनसम्बन्धी विश्वकै कुम्भमेला मानिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) मा नेपालबाट सहभागी हुन आएका नेपाल सरकार, पर्यटन बोर्ड र ट्राभल व्यवसायीसहितका डेलिगेटका साथै बेलायत सरकारका अधिकारी, व्यापारिक समुदायका प्रतिनिधि र पर्यटन तथा ट्राभल व्यवसायी समेतको बाक्लो उपस्थिति रहेको थियो । 


कार्यक्रममा  कलाकार डम्मर सिंहको सारंगीवादन र केहरजंग गुरुङको बांसुरवादनका साथमा सयपत्री सांस्कृतिक समूहका तर्फबाट नेपाली संगीत प्रस्तुत गरिएको थियो।