कात्तिक २५, २०७९ शुक्रबार

म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग सञ्चालनमा ल्याइएको छ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने बाह्य तथा आन्तरिक पर्यटकको कारण टिकोट गाउँको मुहार फेरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्दै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताए ।


‘पदमार्गले नछोउन्जेलसम्म विदेशी पर्यटकहरु भनेका कस्ता हुन्छन् भन्ने कुरा देख्नै नपाएका यहाँका बासीन्दाहरु अहिले दिनहुजसो पर्यटकलाई स्वागत गर्न पाउँदा मख्ख परेका छन् । गाउँमा होमस्टे संचालन भएका छन् । स्थानीय उत्पादनको बिक्री बढेको छ । गाउँलेको आम्दानीमा वृद्धि भएको छ ।