कात्तिक २५, २०७९ शुक्रबार

काठमाडौँ । राप्रपाले आज राजधानीमा आमसभा गर्न लागेको छ । राजधानीकोे वसन्तपुरमा आयोजना हुने उपत्यकास्तरीय चुनावी आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्दै छिन् । आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम छ ।