कात्तिक २५, २०७९ शुक्रबार

लोक गायिका बबिता बानियाँ ‘जेरी’ ले बिहीबार काठमाडौँ जिल्ला अदालतमा शंकर क्षेत्रीसँग औपचारिक रूपमा सम्बन्ध टुङ्ग्याएपछि डिभोर्स रहर नभएर बाध्यता भएको बताइन् । ‘मैले कमाएको पैसा श्रीमान् र उनको आमाको नाममा राख्नुपर्ने, उनीहरूको नाममा जग्गा जमिन किन्नुपर्ने बाध्यता थियो’ उनले भनिन्, ‘श्रीमान्सँग संयुक्त हुन्छ भने राख्छु । दोस्रो व्यक्ति सासुससुरासँग राख्दिन भन्दा सधैँ डिसकस हुन्थ्यो ।’ आफूले कमाएको पैसा श्रीमान् र श्रीमान्का परिवारले नपाएर नै आफ्नो सम्बन्ध डिभोर्सको स्थितिमा पुगेको उनले खुलाइन् ।

काठमाडौँ जिल्ला अदालतमा आधिकारिक डिभोर्सको केही क्षण अगाडि एक अनलाइन टिभीसँग कुरा गर्दै उनले श्रीमान् शंकरसँग डिभोर्स गर्नुको सबै कारण समेत खोलेकी छन् । आफ्नो डिभोर्सको कारण श्रीमान्को चरित्रमाथि उठ्ने प्रश्न पनि एक भएको बताएकी उनले सेलिब्रेटी भएको कारणले सबैसँग बोल्नु, मिल्न र हासखेल गर्नु आफ्नो बाध्यता भएको सुनाइन् ।


‘मलाई मानसिक टर्चरसमेत चरित्रसँग जोडेर गर्नुहुन्थ्यो । ‘काम पर्ने सबै साथीहरूसँग जोडेर झुटो आरोप लगाउनुहुन्थ्यो ’ उनले अगाडि थपिन् ‘त्यो किन र केका लागि मैले अहिले बुझ्दै छु ।’ करिब ७ वर्ष प्रेम र वैवाहिक जीवन टुङ्ग्याएकी जेरीले डिभोर्सको दिन जीवनै खरब दिनको रूपमा लिएको बताइन् ।