कात्तिक २६, २०७९ शनिबार

शून्य अस्तित्व !
------
मलाई उपलब्ध भएको 
समय खर्चेर बाटो बिराउँदै आइपुगेको हुँ
अनाम यो मुकाम सम्म 

आनन्द यसैमा छ कि 
म पाइलाको गीत र
आफ्नै थकाइको संगीत सुन्दै 

म भड्किउँ अझै 
म हराउँ अझै 
आफ्नै मेटिने अस्तित्वको शून्यमामा 
जो कसैको चासो बाहिर ।

विष्णु पादुका