कात्तिक २६, २०७९ शनिबार

मन भाँचिदो रहेछ टुक्रा-टुक्रा
सत्य डगमगाउने मात्र होइन
भाँचिदो रहेछ बेस्सरी ।

सत्य टिकेको भए टिक्दो हो अँध्यारोको सामु
उज्यालोमा त जून पनि टिक्दैन
सत्य हिउँ जस्तो हुँदो हो
ग्यालेसियर झैँ बगेर सकिन्छ ।

भनिन्थ्यो सत्य छिप्दैन
कहीँ जादैन
जाँदो रहेछ त आखिर पछि-पछि झूठको छायामा
छिप्दोरहेछ असत्यको कुहिरामा ।

सत्य थुर-थुर कामिरहन्छ
यही मौकामा झुठ उभरआउँदोरहेछ
नाघ्दोरहेछ हरेक मान्छेहरुलाई ।

निम्बतरु