कात्तिक २६, २०७९ शनिबार

सुदूरपश्चिममा अहिले ८ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सुदूर पहाड र तराईका सबै जिल्लाहरूमा धक्का महसुस गरिएको जनाइएको छ। भूकम्प ५ दशमलव ४ म्याग्नुच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। क्षति बारे विवरण आउन बाँकी रहेको जनाइएको छ।