एजेन्सी । ग्लोबल आइकन अवार्डबाट बलिउड अभिनेता शाहरुख खान युएईमा सम्मानित भएका छन् ।
यो अवार्ड खानलाई उनको रचनात्मक क्षेत्रमा योगदान र सांस्कृतिक परिदृश्यमा लेखनका लागि प्रदान गरिएको हो ।
शुक्रबार शारजाह अन्तर्राष्ट्रिय पुस्तक मेला २०२२ को ४१ औं संस्करणमा सहभागी भएका उनलाई ग्लोबल आइकन अफ सिनेमा एण्ड कल्चरल नेरेटिभ अवार्डबाट सम्मानित गरिएको थियो ।