सशस्त्र प्रहरीले निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नवलपरासीका सीमा नाकामा निगरानी बढाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो । भारतको उत्तर प्रदेश र बिहार प्रदेशसँग जोडिएको जिल्लाको सीमा क्षेत्र २८ किलोमिटर लामो रहेको छ । अहिले सीमा क्षेत्रमा संयुक्त गस्तीलाई पनि तीव्रता दिएपछि अवैध रुपमा ल्याउँदै गरेका सामान समेत धमाधम बरामद हुन थालेको छ ।
बरामद भएका समानमा चिनी, कपडा, मोबाइल र इलोक्ट्रोनिक लगायतका रहेको सशस्त्र प्रहरीले जनाएको छ ।