काठमाडौँ । हल्ट प्राइज पोखरा विश्वविद्यालयको २०२२–२०२३ का लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। पोखरा विश्वविद्यालयको ४ ओटा आङ्गिक संकायअन्तर्गत स्कूल अफ बिजनेस, स्कूल अफ हेल्थ एण्ड साइन्स, स्कूल अफ इन्जीनियरिङ, स्कूल अफ डेपलमेन्ट एण्ड सोशल इन्जीनियरिङमा अभिमुखीकरण् कार्य्रक्रम गर्ने योजना रहेको क्याम्पस डायरेक्टर सुरजराज केशरीले जानकारी दिएका छ्न् ।
स्कूल अफ बिजनेसमा हिजो पहिलो अभिमुखीकरण सम्पन्न भएको छ । हिजोबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमअन्तर्गत स्कूल अफ हेल्थ एण्ड साइन्स, स्कूल अफ इन्जीनियरिङ, स्कूल अफ डेपलमेन्ट एण्ड सोशल इन्जीनियरिङ संकायमा अब क्रमशः केही दिनमै कार्याक्रम हुने डेप्युटी क्याम्पस डायरेक्टर रिवाज भूर्तेलले जानकारी दिए ।
हिजो भएको पहिलो अभिमुखीकरण कार्यक्रममा स्कूल अफ बिजनेसका १ सयभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो। विद्यार्थीहरूका लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रूपमा छुट्टै महत्त्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् । २०२३ को हल्ट प्राइज च्यालेन्ज रिडिजाइनिङ फेसन रहेको छ ।