कात्तिक २९, २०७९ मंगलबार

अभिनेता आमिर  खानले ठूलो निर्णय लिएका छन् । पछिल्लो जानकारीअनुसार आमिर खानले करिब ३५ वर्षपछि अभिनयबाट ब्रेक लिएका छन् ।


सोमबार दिल्लीमा भएको एक कार्यक्रममा आमिर खानले आगामी प्रोडक्सनको बारेमा कुरा गरे र उनले अभिनयबाट ब्रेक लिनुको कारण पनि बताए । अभिनेताले भने, ‘एक अभिनेताको हैसियतमा जब म कुनै फिल्म गर्छु, मेरो जीवनमा के भइरहेको छ भन्ने कुरा बिर्सन्छु । ‘लालसिंह चड्ढा’ पछि पनि च्याम्पियन्स नामको फिल्म गर्ने सोचमा थिएँ । फिल्मको स्क्रिप्ट उत्कृष्ट र कथा निकै राम्रो छ । तर मलाई लाग्छ अब मैले विश्राम लिनुपर्छ । म आफ्नो परिवार, छोराछोरी र आमासँग समय बिताउन चाहन्छु ।’