परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको २२ औ संस्करणअन्तर्गत गत नोभेम्बर १४ का दिन भएको १६ जना प्रतियोगीहरूको प्रस्तुतिसँगै शीर्ष १३ मा पुगेकी छिन् ।
मेरिल्याण्डकी नेपाली मूलकी १७ वर्षीया परिजिता अब अर्को हप्ता हुने प्रतिस्पर्धामा १३ जना प्रतिस्पर्धीसँग भिड्ने छिन् । द भ्वाइस प्रतियोगितामा छनोट हुने उनी प्रथम नेपाली मूलकी अमेरिकी हुन् ।
गत नोभेम्बर १४ सोमबारका दिन भएको प्रस्तुतिसँगै मतदान सुरु भएको थियो । अमेरिका, नेपाल लगायत विश्वभरि छरिएर रहेका नेपाली समुदायले परिजितालाई समर्थन गर्दै मतदान गरेका थिए । द भ्वाइसका निर्णायक र प्रशिक्षकहरूको छनौट र रोजाइको कारण परिजिता शीर्ष १६ मा पुग्न सफल भए तापनि १३ औ स्थानमा पुग्न केवल जनताको मतदानबाट मात्र सम्भव भएको हो ।