कात्तिक ३०, २०७९ बुधबार

फेरी पनि चुनाव


फेरि पनि चुनाव आयो
मैले भोट सुन्छु
उसले नोट सुन्छ ।

मैले गाउँको बाटो देखाउँछु
उसले शहरको रहर देख्छ ।


मैले वेदना देखाउँछु
घाउ देखाउँछु
उसले घोषणापत्र देखाउँछ ।

मैले बेरोजगारी देखाउँछु
गरिवी देखाउँछु
उसले म्यानपावर देखाउँछ
खाडी देखाउँछ ।

सायद, मैले देखाउन नजानेको रहेछु
त्यसैले त उसलाई चुनावपछि गाउँमा देखेनँ । 

लोकराज जोशी, कञ्चनपुर