काठमाडौं: मिस नेपाल अर्थ डा सरिसा श्रेष्ठले फिलिपिन्सको राजधानी मनिलामा प्रस्तुति दिएकी छन्। मंगलबार शाँझ नेपालसहितका प्रतियोगीले फिलिपिनो सामुन्ने प्रस्तुत गरिएको द हिडन ट्रेजरले जनाएको छ।
कोरोना महामारीले भौतिक रुपमा हुन नसकेको प्रतियोगितामा भाग लिन दुई दर्जन सुन्दरी मनिलामा भेला भएका छन्। नोभेम्बर २९ मा हुने फिनालेका लागि सुन्दरीहरु यतिबेला सब९टाइटलका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
डा श्रेष्ठले किष्ट मेडिकल कलेजबाट एमबीबीएस अध्ययन गरेकी हुन्। उनी यसअघि मिस नेवा ११३८ को फस्ट रनरअप भएकी थिइन्। यसका साथै लिडरसिप क्याम्पेन सम्बन्धित मिस रोट्रयाक्ट २०१९ मा पनि सफल भएकी थिइन्।