रोट्¥याक्ट क्लब अफ चितवनले रोराङ –१०, धादिङमा रहेको जोगिमारा आधारभूत विद्यालयमा विपन्न चेपाङ्ग समुदायका ४१ जना विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गरेको छ ।
यस सामाजिक कार्यको लागि क्लबका सदस्यहरुद्वारा तिहारको अवसरमा रोटरीयन तथा पुर्व अध्यक्षहरुको घर आँगनमा देउसी भैलो खेली अर्थ संकलन गरिएको थियो । क्लबका अध्यक्ष अच्युत न्यौपानेको अध्यक्षतामा सम्पन भएको सो कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक एवं राष्ट्रिय मा.विका पुर्व प्रधानाध्यापक राम प्रसाद मरहट्ठा रहनु भएको थियो भने जग्गा दाता वकिल बहादुर डल्लाकोटी र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रेम कुमारी परियार विशिष्ट अतिथी रहनुभएको थियो ।
त्यसैगरी सो विद्यालयका प्राचार्य योब कुमारी मरहट्ठाले स्वागत मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रमका लागि शैक्षिक तथा खेलकुद सामाग्री क्लबका पुर्व अध्यक्ष हाल बेलायतमा रहनुभएका रोशन खरेलले सौजन्य गर्नु भएको थियो । सोही कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका तथा अभिभावकहरु समेत गरि ३५ जनालाई CIPLA limited औषधी कम्पनिका प्रतितिधिद्धारा निशुल्क श्वास प्रस्वास तथा दम रोगको परिक्षण गरि निशुल्क औषधि समेत वितरण गरिएको थियो ।