मंसिर १, २०७९ बिहिबार

म्याग्दी । हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ ।

नेपालको छिमेकी देश भारत र तेस्रो मुलुकका भक्तजन तथा पर्यटकहरूको भीडले मुक्तिनाथ मन्दिर परिसर केही दिन यता खचाखच भएको हो । समुन्द्री सतहबाट ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको, निलगिरी हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित सोही मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्न थालेको मुक्तिनाथका राज गुरुङले बताए ।