मंसिर २, २०७९ शुक्रबार

काठमाडौँ । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘डिसेम्बर फल्स’को १ मिनेट १५ सेकेण्ड अवधिको टिजर बिहीबार युट्युबमा सार्वजनिक भएको छ ।


प्रविण झाको निर्देशनमा बनेको ‘डिसेम्बर फल्स’ पुस १५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ । रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता रहेको यस फिल्मका लागि आर्यन र उपासनाले निकै मेहनत गरेको टिजरमा देख्न सकिन्छ ।

उक्त चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय छ ।

बनिश शाहले सम्पादन गरेको यो फिल्मको पटकथा तथा संवाद केदार भुषाल र प्रतीक पौडेलले तयार पारेका हुन् । रोमान्टिक–थ्रिलर जनरामा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता रामप्रसाद रिजाल हुन् ।