बैशाख ८, २०७८ बुधबार

 

काठमाण्डौ।  गत महिना काठमाण्डौमा सम्पन्न पाचौ संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा सहभागी क्लब बुलबुले रारा स्पोर्टस क्लबले आफ्नो टोलीमा अनुबन्ध गराएका तिन पाकिस्तान भलिबल खेलाडि आज ७:४५ को उडानमा दुबई हुदै स्वदेश फिर्ता भएका छन्। 

उनिहरु समय तालिका अनुसार चैत २८ गते स्वदेश फिर्ता हुनुपर्नेमा क्लबबाट प्रतियोगितामा खेले बापत पाउनु पर्ने पारिश्रमिक समयमा नै पाउन नसक्दा ठमेलको एक होटलमा रहेकामा गत सोमबार भलिबल संघले खेलाडीको बिचल्ली बनाएको भन्दै बुलबुले रारा क्लबलाई कारबाहीको प्रकृया अगाडी बढाएको थियो। 

यसै बिच भलिबल प्रेमी लक्ष्मण काप्रीले नेपाल भलिबल संघ र टिप टप हेल्प नेपाल स्पोर्टस क्लबका महासचिव अरुण श्रेष्ठलाई जानकारी गराएकामा उनीहरुको सहयोगमा खेलाडीहरु स्वदेश फर्किएका छन्। भलिबल संघले प्रति खेलाडी  एक हजार अमेरिकी डलर तथा  हेल्प नेपालले तीन लाख बराबरको टिकट काटि दिएको थियो।

पाकिस्तान खेलाडी लाई बिमानस्थल छोड्न टिप टप हेल्प नेपालका महासचिव अरुण श्रेष्ठ र भलिबल प्रेमि लक्ष्मण काप्री पुगेका थिए।