मंसिर ४, २०७९ आइतबार

काठमाडौँ । अभिनेता राजेश हमालले प्रतिनिधिसभा र प्रदेशसभाको जारी निर्वाचनमा मतदान गरेका छन् । लैनचौरको जननाथ स्मृति मावि केन्द्रबाट उनले बिहान भोट खसाएका हुन् ।

मतदानपछि हमालले आफू पनि भविष्यमा राजनीतिमा आउने बताए ।

उनले भने, ‘यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्छ । त्यसपछि मलाई लाग्छ कि यसमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै हुनुहुन्छ । मेरो पनि त्यही नै हो ।’