मंसिर ५, २०७९ सोमबार

एजेन्सी । बंगाली फिल्म उद्योगकी चर्चित अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन भएको छ ।

हृदयघातको कारण उनको नोभेम्बर २० अर्थात् शनिबार अस्पतालमा निधन भएको हो ।

बंगाली सिनेमामा बढी देखिने उनले टिभी शो ‘झुमर’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । एन्ड्रिलाले भर्खरै २ ओटीटी प्रोजेक्टमा पनि काम गरेकी थिइन् ।