मुस्ताङको प्रदेशसभा (२) मा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।
नेकपा एमालेका चन्द्रमोहन गौचनलाई १ सय ५८ मत अन्तरले हराएर शेरचन विजयी भएका हुन् ।
शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । यहाँ ५५ मत बदर भएको छ । गौचन निवर्तमान सांसद हुन् । मुस्ताङमा कांग्रेसले क्लिन स्वीप पारेको छ । प्रतिनिधि सभामा योगेश गौचन थकाली विजयी हुँदा एमालेका प्रेम तुलाचन हारे ।
प्रदेश सभा (१) मा नम्डु गुरुङ विजयी हुँदा एमालेकै इन्द्रधारा विष्ट पराजी भए ।