काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना चलिरहेको बेला यसै क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भने फिल्म हेर्न हल पुगेका छन् । उनी सोमबार २ बजे श्रीमतीसहित दरबार मार्गस्थित क्यूएफएक्स दरबार मलमा फिल्म ‘महापुरुष’ हेर्न पुगेका छन् ।
थापाले आफू फिल्म हेर्न पुगेको जानकारी सामाजिक संजालमार्फत एक तस्बिर शेयर गर्दै जानकारी दिएका छन् । उनले लेखेका छन्– ‘धेरै दिनको दौडधुपपछि आजको फुर्सद ।’ काठमाडौं–४ मा जारी मतगणनामा थापाले फराकिलो अग्रता बनाएका छन् ।