मंसिर ६, २०७९ मंगलबार

काठमाडौँ । नेपाली चलचित्र ‘वीर विक्रम २’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार ओएसआर इन्टरनेसनलको अफिसियल युट्युब च्यानलमार्फत चलचित्रको हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरेको हो । 


चलचित्र डिसेम्बर १ अर्थात मंसिर १५ गते बाट ओएसआर इन्टरनेशनलको युट्युब च्यानलमा हिन्दी डब रिलिज हुनेछ । उक्त चलचित्रको नेपाली भाषमा भने यूट्युबमा आइसकेको छ ।

प्रदीप भारद्वाजको लेखन रहेको चलचित्र २०७६ सालको जेठ ३ गते नेपालका हलमा प्रदर्शन भएको थियो । तर, कमजोर कथाबस्तुका कारण चलचित्र पहिलो भाग ‘वीर विक्रम ’ जस्तो सफल हुन सकेन ।

चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतको अभिनय रहेको छ ।