मंसिर ८, २०७९ बिहिबार

काठमाडौँ । डोटीमा प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीका प्रेम आले विजयी भएका छन् । मत गणनाको अन्तिम परिणामअनुसार आले २७ हजार २१० मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी गौरीकुमारी ओलीले २३ हजार ४ मत प्राप्त गरेकी छन् । आले यस क्षेत्रबाट लागातार दोस्रो पटक विजयी भएका छन् । कुल एक लाख २४ हजार ८७० मतदाता रहेको डोटीमा ६४ हजार ५८ मत खसेको थियो ।