नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्य प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
मोरङ–६ (१) बाट उम्मेदवार बनेका आचार्यले नेकपा (एमाले) की रिता न्यौपानेलाई १ हजार ८ सय ८३ मतको अन्तरले हराएर निर्वाचित भए ।
न्यौपानेले १७ हजार ५ सय ७१ मत ल्याए भने आचार्यले १९ हजार ४ सय ५४ मत प्राप्त गरिन् ।
२०७४ मा भने उनी नेपाली कांग्रेसका चुमनारायण तब्बदारसँग पराजित भएका थिए । आचार्य प्रचण्डका छोरी गंगाका श्रीमान् हुन् ।